आफ्नो पाठ्यक्रम पूरा गरेर जापानी व्यावसायिक विद्यालयहरूबाट डिप्लोमा हासिल गर्ने विदेशी विद्यार्थीहरूले ग्रेजुएसन पछि जापानमा काम गर्न अनुमति प्राप्त गर्नको लगि आफ्नो आवासीय स्थिति परिवर्तन गर्नुपर्छ। यद्यपि, तपाईं ती क्रियाकलापहरूमा मात्र संलग्न हुन सक्नुहुन्छ जुन तपाईंको आवासीय स्थिति अन्तर्गत मान्यताप्राप्त छन्। मानविकी / अन्तर्राष्ट्रिय सेवा वा इन्जिनियरिङ जस्ता केही क्षेत्रहरूको सन्दर्भमा, तपाईंले गर्नुहुने काम तपाईंले विद्यालयमा जुन कुरा अध्ययन गर्नुभयो त्योसँग सान्दर्भिक हुनुपर्दछ।
जापानमा काम गर्न अनुमति प्राप्त गर्नको लागि तपाईंले आवासीय स्थिति परिवर्तन गरिपाउनको लागि आवेदन दिइसकेपछि मूल्याङ्कन प्रक्रिया पूरा हुनको लागि सामान्यतया एक देखि तीन महिना लाग्छ। तपाईंले आधिकारीक रोजगार प्रस्ताव प्राप्त गरिसकेपछि आवासीय स्थिति परिवर्तन गर्नको लागि आवेदन कसरी दिने भन्ने कुरा थाहा पाउन कृपया तपाईंको क्षेत्रीय अध्यागमन कार्यालयमा सम्पर्क गर्नुहोस्।
माथि उल्लेख गरिए जस्तै, जापानका व्यावसायिक विद्यालयहरूबाट ग्रेजुएट गर्ने विदेशी विद्यार्थीहरूले सामान्यतया उनीहरूलाई या त मानविकी / अन्तर्राष्ट्रिय सेवाको क्षेत्रमा एक विज्ञ वा एक इन्जिनियरको रूपमा काम गर्न अनुमति दिने आवासीय स्थिति प्राप्त गर्दछन्। जापानमा रोजगारको खोजीमा रहेका सबै विदेशी नागरिकहरूको लागि सबै खालका कामहरूलाई उपयुक्त मानिँदैन। अकुशल श्रमिकको कोटि अन्तर्गत पर्ने वा विशेष रूपमा विदेशी नागरिकहरूलाई काममा राख्न आवश्यक नरहेको क्षेत्रका रोजगारहरूको लागि जापानमा काम गर्नको लागि नयाँ आवासीय स्थिति स्वीकृत गरिँदैन।
मूल्याङ्कन मापदण्ड
1. आवेदकले उनको वा उसको शैक्षिक र व्यावसायिक पृष्ठभूमिबाट उचित ज्ञान र सीप हासिल गरेको छ त?
                      2.आवेदकले उनको वा उसको शैक्षिक र व्यावसायिक पृष्ठभूमिबाट उचित ज्ञान र सीप हासिल गरेको छ त??
                      3.तलब लगायतका रोजगार अवस्थाहरू आवेदकको लागि यथोचित छ त?
                      4.रोजगार प्रदान गर्ने कम्पनीको व्यवसायिक कार्यप्रदर्शनले यसको स्थायित्व र निरन्तरताको प्रत्याभूति दिन्छ त?
                      5.आवेदकलाई उनको वा उसको ज्ञान र सीपहरू प्रयोग गर्ने अवसर प्रदान गरिनेछ त? 
                    
[आवेदकले तैयार पार्नुपर्ने कागजातहरू]
- आवासीय स्थिति परिवर्तन गर्नको लागि आवेदन
 - एउटा फोटो
 - राहदानी र आवासीय कार्ड
(वा आवासीय कार्ड सरहको विदेशी दर्ता प्रमाणपत्र) प्रस्तुत गर्नुपर्ने - डिप्लोमा वा उच्च श्रेणीको डिप्लोमा (प्रमाणपत्र)
 - व्यावसायिक विद्यालयबाट ग्रेजुएसनको प्रमाणपत्र
(वा अपेक्षित ग्रेजुएसनको प्रमाणपत्र) - रिज्युमे
 
* थप विवरणको लागि कृपया न्याय मन्त्रालय अध्यागमन ब्यूरोको वेबसाइटमा हेर्नुहोस्।
                     http://www.immi-moj.go.jp/
                  
जुलाई 9, 2012 मा नयाँ आवास व्यवस्थापन प्रणाली प्रयोगमा ल्याइएको थियो। योग्य रहेको कुनैपनि व्यक्तिलाई फोटो सहितको एक आवासीय कार्ड प्रदान गरिनेछ जसमा उनीहरूको नाम, आवासीय स्थिति र जापानमा रहने अवधि जस्ता आधारभूत परिचयात्मक जानकारी समावेश हुन्छ।
• सम्पर्क:
सेन्डाई क्षेत्रीय अध्यागमन ब्यूरो
                    1-3-20 Gorin, Miyagino-ku, Sendai-shi, Miyagi
                    टेलिफोन नम्बर: 022-256-6076
                    अध्यागमन जानकारी केन्द्र
                    टेलिफोन नम्बर: 0570-013904 
                    ेलिफोन नम्बर: 03-5796-7112 (IP फोन, PHS, र विदेशबाट) 
                  
विदेशी विद्यार्थीहरू (मध्य देखि दीर्घकालीन निवासीहरू) ले राष्ट्रिय स्वास्थ्य बिमाको लागि नाम लेखाउन आवश्यक हुन्छ। तपाईंले आफ्नो स्थानीय नगरीय वा वडा कार्यालयमा यसको लागि आवेदन दिनुपर्ने हुन्छ।
पार्ट-टाइम काम गर्नको लागि, विदेशी विद्यार्थीहरूले पहिले प्रदान गरिएको आवासीय स्थितिले अनुमति दिएको क्रियाकलाप बाहेक अन्य क्रियाकलापमा संलग्न हुनको लागि अनुमति प्राप्त गर्न सही कार्यविधि पालना गर्नुपर्छ। कामको घण्टा सीमित हुन्छ, र विद्यार्थीहरूले निषेधित ठाउँमा काम गरेको वा निषेधित क्रियाकलापमा संलग्न भएको नपाइँदासम्म उनीहरूलाई पार्ट-टाइम काम गर्न दिइन्छ।
शिक्षा, संस्कृति, खेलकूद, विज्ञान तथा प्रविधि मन्त्रालय (MEXT) र जापानी विद्यार्थी सेवा संगठन (JASSO) ले आर्थिक सहायताको आवश्यकता रहेको आत्मनिर्भर विदेशी विद्यार्थीहरू वा शैक्षिक रूपमा अब्बल विदेशी विद्यार्थीहरूलाई क्षात्रवृत्ति प्रदान गर्दछन्। यस बाहेक, केही स्थानीय प्राधिकरण, निजी संगठन र विद्यालयहरूको आफ्नै क्षात्रवृत्ति योजना हुन्छ। तपाईं यी क्षात्रवृत्तिहरू प्राप्त गर्न इच्छुक हुनुहुन्छ भने, कृपया विद्यालयमा सम्पर्क गर्नुहोस्।
• ेन्डाईमा रहेका विदेशी बासिन्दाहरूको लागि परामर्श (जानकारी सेवा)
                    ेलिफोन नम्बर: 022-224-1919(यो बन्द भएको दिनमा बाहेक):
                    • सेन्डाई इन्टरनेसनल सेन्टर, अन्तर्राष्टिय आदानप्रदान तथा जानकारी क्षेत्र (कोर्यु कर्नर)
                    Aobayama, Aoba-ku, Sendai
                    Telephone number: 022-265-2471 (9:00-20:00) 
                  
घर-जग्गा अथवा रियल इस्टेट एजेन्सीहरूको सेवा प्राप्त गर्न, करारमा हस्ताक्षर गर्दा सामान्यतया तपाईंसँग लगभग 5 देखि 6 महिनाको भाडा र साथमा धरौटी रकम र चाबीको लागि पुग्ने पर्याप्त पैसा हुनुपर्छ। तपाईं लिजको लागि करार गर्न चाहनुहुन्छ भने, एक जापानी व्यक्ति जमानी बस्न आवश्यक हुनेछ (यो शर्त जापानी भाडावालहरूमा पनि लागू हुन्छ)। यदि सम्भव भएमा, तपाईंको साथमा जापानी भाषामा राम्ररी कुराकानी गर्न सक्ने कोही व्यक्ति भएमा मद्दत पुग्नेछ।
जापानमा अपेक्षित आचरणको व्यवहारिक सिद्धान्तको बारेमा तपाईंलाई थाहा हुनुपर्ने कुराहरूको केही उदाहरण तल दिइएको छ।
- ・ सार्वजनिक यातायात प्रयोग गर्दा, जस्तै ट्रेन वा बसमा छँदा सेलफोनमा कुरा नगर्नुहोस्।
 - ・ सार्वजनिक स्थलहरूमा ठूलो स्वरले कुरा नगर्नुहोस्।
 - ・ फोहोरलाई निर्दिष्ट स्थानमा मात्र फाल्नुहोस्।
 
तपाईं बिरामी हुनुभयो भने, कृपया आफ्नो साथमा राष्ट्रिय स्वास्थ्य बिमा कार्ड बोक्नुहोस् र सकेसम्म छिटो सिकित्सकलाई भेट्नुहोस्। तपाईं आफै अस्पताल जान नसक्नेगरि बिरामी पर्नुभएको छ भने, एम्बुलेन्स बोलाउनुहोस्।
एम्बुलेन्स बोलाउन 119 मा फोन गर्नुहोस्।
घरको सम्बन्धमा जानकारी र सहायता
                     मियागी रियल इस्टेट कारोबार संघ (Miyagi-ken Takuchitatemono Torihikigyo Kyokai) नि:शुल्क रियल इस्टेट परामर्श सेवा
                    Miyagi-ken Fudosan Kaikan (मियागी रियल इस्टेट सेन्टर) 3-4-18 Kokubun-cho, Aoba-ku, Sendai
                     टेलिफोन नम्बर: 022-266-9807  
                     स्वास्थ्य सेवा जानकारी
                    सामान्य चिकित्सा जानकारी र सहायता सेवा
                    चिकित्सा स्याहार विकास विभाग, मियागी प्रान्तीय सरकार कार्यालय भवन 7औं तला र अन्य क्षेत्रीय स्वास्थ्य तथा कल्याणकारी कार्यालयहरू  
                    टेलिफोन नम्बर: 022-211-3456 (मियागी प्रान्तीय सरकार) 
                  
लाइफ इन सेन्डाई (सेन्डाईको जीवन) नामक एक नि:शुल्क हातेपुस्तिका निम्न स्थानहरूमा उपलब्ध छ जसले विपत्ति तथा आकस्मिक जानकारीको साथमा सेन्डाईमा तपाईंको जीवनयापनको लागि उपयोगी जानकारी प्रदान गर्दछ।
• प्रतेक वडा कार्यालयको विदेशि बासिन्दा दर्ता कार्यालय डेस्क
                    एओबा वडा कार्यालय (टेलिफोन:022-225-7211)
                    वाकाबयाशी वडा कार्यालय (टेलिफोन:022-282-1111)
                    इजुमी वडा कार्यालय  (टेलिफोन:022-372-3111)
                    मियागीनो वडा कार्यालय (टेलिफोन:022-291-2111)
                    ताइहाकु वडा कार्यालय (टेलिफोन:022-247-1111) 
                  
                    • सेन्डाई इन्टरनेसनल सेन्टर, अन्तर्राष्टिय आदानप्रदान तथा जानकारी क्षेत्र (कोर्यु कर्नर) (टेलिफोन:022-265-2471)
                    • सेन्डाई नागरिक ब्यूरो अन्तर्राष्ट्रिय सम्बन्ध डिभिजन (टेलिफोन:022-214-1261) 
                  



















                  














