TOP > विदेशी विद्यार्थी अन्तर्वार्ता

Graduate of Sendai School of Digital Artsसेन्दाइ मा बस्न मलाई एकदमै मन पर्छ । मेरो काम शिशु कक्षाका बच्चाहरूका लागि बनाइने खानाको लागि खाद्य सामग्रीहरू जुटाउने हो । जब उनीहरूले "यो एकदमै मिठो छ" भन्छन् तब मलाई एकदमै खुसि लाग्छ । मलाई आशा छ कि भविष्यमा यस्तै गरि म भियतनाममा पनि स्कूले बालबालिकाहरूलाई स्कूले खाना तयार पार्न म सक्षम हुनेछु ।
Second-year student at Tohoku Computer College
HOANG HUU HA
【From Vietnam】
कक्षा सकिएपछि अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग जापानी भाषामा कुराकानी गर्नको लागि जम्मा हुन म मन पराउछु । जाडो याम मेरो लागि केही चिसो त छ, तर पनि सेन्दाइ मा बसोबास आरामदायी छ । जापानमा रोजगार खोज्न मैले मेरो तर्फबाट सक्दो गर्नेछु ।
<Second-year student at Tohoku Computer College
ASGHAR SAHAR
【From Pakistan】
भविष्यमा गएर म मेरो बुवाको व्यापारमा सामेल हुने आशा लिएको छु । पाकिस्तानमा जापानी भाषाको स्कूल पनि खोल्न चाहन्छु ताकी पाकिस्तानबाट जापान आउने व्यक्तिहरूलाई यहाँ सफलता प्राप्त गर्न मद्दत पुगोस् ।
Second-year student at Tohoku Computer College
HETTIARACHI BRAYAN SHELAN
【From Sri Lanka】
जब म स्कूल आउँछु अनि मेरो प्रशिक्षक र साथीहरूको हँसिलो मुहार देख्छु तब त्यसले मलाई विदेशमा अध्ययन गर्दाको गाह्रो क्षण बिर्सन मद्दत गर्छ । मेरो सपना भनेको श्रीलंका र जापानको सम्बन्धलाई प्रबर्धन गर्ने खालको अन्तर्राष्ट्रिय काम खोज्नु हो ।
Second-year student at Tohoku Computer College
LIU WEIWEI
【From China】
जापानको आर्थिक विकासमा सहयोग कसरी भइरहेको र जापानी जनताको मूल्यमान्यताको प्राथमिकता र व्यापारिक चलनलाई सहयोग कसरी भइरहेको भनि मैले अध्ययन गरिरहेको छु । सेन्दाइ र मियागी मा बसोबास गर्न निकै सजिलो छ । भविष्यमा म जापानमा अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित काम गर्न चाहन्छु ।
Graduate of Tohoku Computer College Employed with Yoshikawa Unyu Co., Ltd.
BHANDARI MADAN
【From Nepal】
मेरो काम ठूला सुपरमार्केटलाई वितरण गर्ने खाद्य सामग्रीहरूको खरिद, ढुवानी, तथा भण्डारण कार्यको व्यवस्थापन गर्ने हो । जब मलाई पहिलो ग्राहकसँग मेरो कुराकानी धेरै राम्रोसँग भएको महसुस गरे, तब देखि मेरो काम धेरै इनामदायी भएको छ । मेरो सपना भनेको भविष्यमा आफ्नै कुनै कम्पनीको मालिक हुनु हो ।
Graduate of Tohoku Computer College Employed with the Embassy of Thailand
NUTHAPON DAMRONGRATNUWONG
【From Thailand】
मेरो काम जापान र थाइल्याण्ड बीच औद्योगिक सहयोग प्रबर्द्धन गर्नको लागि सूचना तथा व्यापार सहयोग प्रदान गर्नु हो । पछि भविष्यमा मैले प्राप्त गर्ने अनुभवको प्रयोग गरेर, दुवै देशको आर्थिक विकासमा सक्दो योगदान दिन जापान र थाइल्याण्डबीच सेतुको रूपमा काम गर्ने चाहना छ ।
Second-year student at Tohoku Computer College
MAHARJAM RINA
【From Nepal】
सेन्दाइ साच्चिकै सुन्दर सहर हो । स्कूलमा सबै प्रशिक्षक र विद्यार्थीहरू निकै मित्रवत छन् । भविष्यमा, मैले आफ्नो जापानी भाषाको ज्ञान आफू जापानी भाषा प्रशिक्षक बन्न प्रयोग गर्न मन पराउनेछु ।
Graduate of Tohoku Computer College Employed with Hokushu Co., Ltd.
CAO HE
【From China】
चीनको विश्वविद्यालयमा मैले लेखा र सेन्दाइ मा आर्किटेक्चरको अध्ययन गरे । हालको मेरो काम भनेको आवास निर्माण गर्ने कम्पनीमा आवासको मूल्यको हिसाब गर्नु हो । यदि तपाईं जापानमा अध्ययन गर्दै हुनुहुन्छ र रोजगार प्राप्त गर्ने आशामा हुनुहुन्छ भने, आफूमा विश्वास राख्नुहोस् । र भविष्यको लागि सपना हुनु पनि धेरै महत्त्वपूर्ण कुरा हो ।