TOP > मियागी परफेक्चरमा अध्ययन
जापानी भाषा स्कूल तथा व्यावसायिक स्कूलमा भर्ना अवधिभर कम्पनीले मलाई विधार्थी रोजगारी दिएको थियो । जब मैले स्कूल र कामको सन्तुलन मिलाउन प्रयासरत थिए तब, अध्यक्ष र अन्य कर्मचारीहरूले मेरो अवस्थाको सराहना गरेका थिए । यहाँ मैले रोजगारी पाउन सफल भएकोमा म धेरै कृतज्ञ छु । हाल मेरो काम भनेको प्रशोधित खाद्द्यको उत्पादन तथा बिक्रि तथ्यांकको व्यवस्थापन गर्ने हो । मैले काममा एक्सेल स्प्रेडशीटको प्रयोग गर्छु जुन सीप मैले व्यावसायिक स्कूलमा प्राप्त गरेको थिए । मेरो उद्देश्य भनेको यो कामबाट अनुभव प्राप्त गर्ने र भविष्यको कुनै समयमा मेरो कम्पनीको अध्यक्ष झैँ जापानमा उद्यमी बन्नु हो ।
उहाँको लगनशीलता आफू अरू कर्मचारीहरूको लागि नमूना बन्नु हो । उहाँसँग आफ्नो सहकर्मी, उपल्लो तथा आफू मुनिको कर्मचारीहरूसँग संचार गर्ने गजबको सीप छ र उहाँले सङ्गठन सदस्यको रूपमा सफल कार्य गरिराख्नु भैरहेको छ । मलाई आशा छ उहाँले व्यवस्थापक स्थानमा आफूलाई उभ्याउनु हुनेछ ।
परिक्षाको लागि आधा वर्ष जति अध्ययन गर्दा गर्दै मैले तीन महिना अघि चालक अनुमतिपत्र प्राप्त गरे । यो मेरो प्यारो कार हो, जुन मैले मेरो चिनियाँ सुपरभाइजरबाट अधिग्रहण गरेको हो । कार्यस्थलमा आउन र फर्किन कारको प्रयोग गर्छु र सुरक्षित ड्राइभिङ सदैव मेरो मस्तिष्कमा हुन्छ ।